logo शनिबार, भाद्र २० २०८३ | Saturday 5th September 2026

डेभकोले ७७.७७ लाखमै साढे दुईतले आधुनिक घर बनाइदिने


  • जन आकाश
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं । आफूसँग जग्गा भएका तर ठूलो बजेट नभएका तथा आफैं खटिएर घर बनाउन गाह्रो मान्ने परिवारलाई लक्ष्य गरेर डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालि ९म्भ्ख्ऋइ भ्लनष्लभभचष्लन ७ द्यगष्मिभचक एखत। ीतम।० ले कम बजेटमै आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ ।



कम्पनीले ग्राहकसँग भएको साढे तीन आना (३.५ आना) जग्गामा साढे दुई तले (२.५ तले) आधुनिक घर सम्पूर्ण निर्माण सामग्रीसहित रू. ७७.७७ लाख बजेटमै बनाइदिने योजना अघि सारेको हो । निर्माण लागत बढिरहेको बेला गुणस्तरीय सामान प्रयोग गरेर घर बनाउने योजनामा रहेका परिवारलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रस्तावित घरमा भुइँतलामा १ बीएचके, पहिलो तलामा २ बीएचके र दोस्रो तलामा २ शयनकक्ष रहनेछन् । कम्पनीले उपलब्ध जग्गाको अधिकतम सदुपयोग गर्दै परिवारको आवश्यकता, सुविधा र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर घरको डिजाइन तथा संरचना तयार गर्ने बताएको छ ।

वास्तुअनुसारको डिजाइन
डेभकोको यो आवास योजनाको अर्को विशेषता वास्तु विशेषज्ञको परामर्शअनुसार घरको विभिन्न संरचना तथा कोठाहरूको उपयुक्त स्थान निर्धारण गर्नु हो । जग्गाको अवस्था, दिशागत अवस्था, परिवारको आवश्यकता तथा घरको प्रयोगलाई ध्यानमा राख्दै बेडरुम, किचन, शौचालय, बैठक कोठा, पूजाकोठा, सिँढी तथा अन्य आवश्यक स्थानहरू कहाँ र कसरी राख्ने भन्ने विषयमा वास्तु विशेषज्ञको परामर्श लिइने कम्पनीले जनाएको छ ।

यसले घरलाई आधुनिक डिजाइन र व्यावहारिक प्रयोगसँगै वास्तु पक्षलाई समेत ध्यानमा राखेर निर्माण गर्न सहयोग पुग्छ । वास्तुसम्बन्धी सुझावलाई ग्राहकको आवश्यकताअनुसार डिजाइन प्रक्रियामा समायोजन गर्ने कम्पनीको भनाइ छ ।

डिजाइनदेखि पूर्ण फिनिसिङसम्मको सेवा
डेभकोको योजनामा घरको डिजाइन, निर्माण तथा फिनिसिङका सम्पूर्ण काम समेटिएका छन् । ग्राहकले घर निर्माणका लागि विभिन्न सेवा प्रदायक खोज्दै हिँड्नुपर्ने झन्झट कम गर्दै एउटै कम्पनीमार्फत आवश्यक निर्माण सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकको जग्गाको अवस्था, पारिवारिक आवश्यकता तथा उपलब्ध बजेटलाई प्राथमिकतामा राखेर डिजाइन र निर्माण प्रक्रिया अघि बढाइनेछ । वास्तु परामर्श, संरचनात्मक आवश्यकता र आधुनिक आवासीय डिजाइनलाई समेट्दै घरको योजना तयार गरिनेछ ।

दशैंअघि एग्रिमेन्ट गर्ने ग्राहकलाई रु. ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क
यस योजनाअन्तर्गत दशैंअघि घर निर्माणको एग्रिमेन्ट गर्ने ग्राहकलाई रु. ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । आधुनिक भान्सासहित पूर्ण फिनिसिङ भएको घर निर्माण गर्ने उद्देश्यले ग्राहकलक्षित विशेष दशैं अफर ल्याइएको हो । यो अफरले घर निर्माणको लागत व्यवस्थापनमा ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीको विश्वास छ ।

डेभको इन्जिनियरिङका अनुसार गुणस्तरीय निर्माण, व्यवस्थित डिजाइन, वास्तु परामर्श र लागतको उचित व्यवस्थापनमार्फत ग्राहकलाई दीर्घकालीन रूपमा उपयोगी, आरामदायी तथा व्यवस्थित आवास उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले यो योजना विशेष गरी सीमित बजेटमा आफ्नै जग्गामा आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गर्न चाहने मध्यम वर्गीय नेपाली परिवारलाई उपयुक्त हुने जनाएको छ । घर निर्माण गर्न इच्छुक ग्राहकले आफ्नो जग्गाको विवरणसहित कम्पनीमा सम्पर्क गरी डिजाइन, वास्तु परामर्श, लागत तथा निर्माण प्रक्रियाबारे आवश्यक जानकारी लिन सक्नेछन् ।

डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालि इन्जिनियरिङ, वास्तु तथा आवासीय घर डिजाइन, संरचनात्मक डिजाइन, निर्माण तथा फिनिसिङसम्बन्धी सेवा प्रदान गर्दै आएको कम्पनी हो । कम्पनीले ग्राहकको आवश्यकता र बजेटअनुसार आधुनिक, व्यवस्थित तथा व्यावहारिक आवास निर्माणमा सहजीकरण गर्दै आएको जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend