logo शनिबार, भाद्र २० २०८३ | Saturday 5th September 2026

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग


  • जन आकाश
  • शनिबार, भाद्र २० २०८३

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको अपुरणिय क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत रू.५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत गरेको जनाएको छ।



यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ, साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend