जन आकाश
काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो अपडेट सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार भदौ २१ गते बिहान ११ बजेसम्म बाढीमा परी१ हजार ३४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भएको छ। यस्तै, बाढीपछि ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीनमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार १ हजार ९६७ जना नेपाली नागरिक छन्। त्यस्तै, नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट अध्यावधिक गरिएको विवरणअनुसार २ हजार ३४० जना नेपाली नागरिक सम्पर्कविहीन छन्।
यसैगरी ५८९ जना विदेशी नागरिक तथा१०० जना सुरक्षाकर्मी र कर्मचारी समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी घाइते भएकामध्ये हालसम्म ६ हजार ७५ जनाको उपचार गरिएको छ।प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ र काठमाडौंमा गरी ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती केन्द्रमा हालसम्म ३ हजार ६५२ जना बाढी प्रभावितले आश्रय लिइरहेका छन्।
यस्तै, बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend