जन आकाश
काठमाडौं । पूर्वमन्त्री हितबहादुर तामाङले जलवायु परिवर्तन र कार्बन उत्सर्जनका कारण नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति विकसित देशबाट माग्नुपर्ने बताएका छन्। उनले रसुवा बाढीले पुर्याएको क्षतिको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री बालेन शाहले पहल गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंको बौद्धमा तामाङ नागरिक समाजले आयोजना गरेको रसुवा बाढीसम्बन्धी छलफल कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले नेपालले लामो समयदेखि जलवायु परिवर्तनको असर भोगिरहेको भन्दै विकसित तथा पूँजीवादी मुलुकलाई क्षतिपूर्तिको जिम्मेवार बनाउनुपर्ने बताए।
उनले विगतका प्रधानमन्त्रीहरूले पनि अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तन र नेपालले भोगिरहेको क्षतिको विषय उठाउँदै आएको स्मरण गर्दै अहिले प्रधानमन्त्री शाहले पनि यो विषयलाई प्राथमिकताका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने बताए।
‘विकसित, पूँजीवादी मुलुकले व्यापार गर्ने, यसबाट ताल फुट्ने, क्षति हुने अवस्था आएको छ। विगतमा पनि नेपालका प्रधानमन्त्रीहरूले संयुक्त राष्ट्रसंघको महासभामा यो विषय उठाउँदै आउनुभएको थियो। अहिले यस्तो विषयमा प्रधानमन्त्रीले बोल्नैपर्छ। अन्तर्राष्ट्रिय फोरममा कुरा राख्नुपर्छ,’ तामाङले भने
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend