जन आकाश
काठमाडौं । बाढीपीडितलाई होच्याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी अपमानजनक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।
मडैलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले भोटेकोशी बाढीपीडित तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने र विपत्तिका बेला खुसी मनाएको देखाउने किसिमका भिडियो सामाजिक सञ्जालमा राखेका थिए।
उक्त गतिविधिबारे जानकारी पाएपछि साइबर ब्यूरोले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले मडैविरुद्ध साइबर कसुरअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend