logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपालको आफ्नै बहुक्षेत्रीय ई–कमर्स प्लेटफर्म यतिडिल डटकम सञ्चालनमा


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । नेपालको डिजिटल व्यापार तथा विद्युतीय वाणिज्य क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित पूर्ण रूपमा स्वदेशी लगानीमा स्थापना गरिएको बहुक्षेत्रीय विद्युतीय व्यापारिक मञ्च यतिडिल डटकम औपचारिक रूपमा सञ्चालनमा आएको छ।



‘यति सस्तो, यति छिटो’ भन्ने नारासहित सञ्चालनमा आएको यतिडिल डटकमले ग्राहकलाई गुणस्तरीय सामग्री किफायती मूल्यमा उपलब्ध गराउँदै छिटो घरदैलो डेलिभरी दिने लक्ष्य लिएको जनाएको छ।

मञ्चमा विद्युतीय सामग्री, दैनिक उपभोग्य वस्तु, हार्डवेयर तथा मेसिनरी, घर सजावट, औषधि तथा स्वास्थ्य सामग्री, लेखन सामग्री, खेलौना र खेलकुद सामग्रीलगायत विभिन्न श्रेणीका सामान उपलब्ध हुनेछन्। नेपाली उत्पादन प्रवर्द्धनका लागि ‘नेपालमा निर्मित’ नामक विशेष श्रेणीसमेत राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाभित्र २४ घण्टा र उपत्यकाबाहिरका प्रमुख स्थानमा ४८ घण्टाभित्र सामान पुर्‍याउने व्यवस्था गरिएको छ। विदेशमा रहेका नेपालीले समेत नेपालमा रहेका आफन्त तथा परिवारका लागि सामान तथा उपहार अर्डर गर्न सक्ने गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीसमेत एकीकृत गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सिङ्गापुरस्थित नियोभ्यान्टेज प्राइभेट लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै व्यवस्थापन परामर्श तथा व्यवसाय विस्तारमा अन्तर्राष्ट्रिय अनुभव उपयोग गर्ने जनाएको छ।

सञ्चालनको सुरुवाती अवसरमा नयाँ प्रयोगकर्ताले दर्ता गर्दा १०० रुपैयाँ बराबरको यतिडिल पुरस्कार अंक प्राप्त गर्ने तथा प्रत्येक खरिदमा निःशुल्क उपहार उपलब्ध गराउने कम्पनीले जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ‘घाइतेलाई राहत, बाढीपीडितलाई सहयोग’ अभियान सञ्चालन गर्दै सन् २०२६ नोभेम्बर १५ सम्म यतिडिल डटकममार्फत हुने सम्पूर्ण कारोबारबाट प्राप्त रकमको २ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend