logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ जम्मा भएको छ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न ९ वटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५ सय १६ रुपैयाँ जम्मा भएको छ।

त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५ सय ७५ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।

यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend