logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । दशैँ–तिहार नजिकिएसँगै साना दरका नोटको माग बढ्ने भएकाले नेपाल राष्ट्र बैंकले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।



राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघमार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो।

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका समयमा साना नोट साट्न बैंकका शाखा तथा काउन्टरमा हुने भीड कम गर्नु यसको मुख्य उद्देश्य हो।

यसअघि अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँका नोट मात्र निकाल्न सकिने व्यवस्था थियो। अब १०० रुपैयाँका नोटसमेत एटीएमबाट उपलब्ध हुने भएपछि साना नोट आवश्यक पर्ने ग्राहकलाई बैंकको काउन्टरमा लामो समय लाइन बस्नुपर्ने समस्या केही कम हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend