logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

देउवा: अब कुनै पदको लोभ छैन, तर जिम्मेवारीबाट पछि हट्दिनँ


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै पद वा जिम्मेवारीको लोभ नरहेको बताएका छन्।



मंगलबार सातबुँदे अपिल जारी गर्दै देउवाले व्यक्तिगत रूपमा कुनै पदको लालसा नरहेको स्पष्ट पारेका हुन्। तर राज्य र कांग्रेसले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको उनको भनाइ छ।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको देउवाले बताएका छन्।

उनले सहमतिबिना हुने विशेष महाधिवेशनले पार्टीलाई कमजोर वा विभाजन गर्न सक्ने भन्दै त्यस्तो कार्यमा आफू मुकदर्शक भएर नबस्ने चेतावनी दिएका छन्।

देउवाले कांग्रेसका नेता तथा कार्यकर्तालाई आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्न जुट्नसमेत अपिल गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend