logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।



बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले समितिका सभापति कृष्णहरि बुढाथोकीको प्रस्तावमा प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

सभापति बुढाथोकीका अनुसार समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा दफावार छलफल गरी प्रतिवेदन तयार गरिएको हो। उनले राष्ट्र बैंकको नेतृत्व चयन तथा नेतृत्वको कार्यसम्पादनलगायत विषयमा समितिमा महत्वपूर्ण छलफल भएको बताए।

राष्ट्र बैंक ऐन संशोधनले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने भन्दै उनले विधेयकलाई सर्वसम्मत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend