जन आकाश
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी बिदाइ हुनुअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग बुधबार सिंहदरबारमा भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–भारत सम्बन्ध, ऊर्जा, व्यापार, पूर्वाधार र कनेक्टिभिटीलगायत विषयमा छलफल भएको छ। मन्त्री खनालले नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सफल भविष्यका लागि शुभकामना दिए।
भोटेकोशी नदीमा आएको बाढीपछि भारतले खोज, उद्धार तथा राहतमा गरेको सहयोगप्रति मन्त्री खनालले धन्यवाद व्यक्त गरे। राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend