logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

ओली–भण्डारीबीच भेटवार्ता, एमालेको आन्तरिक राजनीतिबारे छलफल


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच केही दिनअघि भेटवार्ता भएको खुलेको छ।



एमाले पुनर्गठन कार्यदलमा मतभेद भइरहेका बेला भएको भेटमा पार्टीको आन्तरिक राजनीतिबारे छलफल भएको बताइएको छ। ओली भण्डारीकै निवासमा पुगेर लामो समय कुराकानी गरेका थिए।

भेटमा ओलीले पार्टीभित्र विवाद र अनुशासनहीनतालाई प्रश्रय दिने गरी प्रतिवेदन बन्ने अवस्था देखिएको धारणा राखेका थिए। जवाफमा भण्डारीले सबैलाई मिलाएर अघि बढ्न सुझाव दिँदै ओलीलाई नयाँ ढंगले सोच्न आग्रह गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend