logo बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

राजदूत नियुक्ति किन रोकियो ? सरकारलाई रास्वपा सांसद न्यौपानेको प्रश्न


  • जन आकाश
  • बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रिक्त रहेका राजदूत नियुक्ति गर्न सरकारलाई केले रोकेको भन्दै प्रश्न गरेका छन्।



बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले राजदूतको पद खाली राखेर कूटनीति बलियो बनाउन नसकिने बताए। योग्यता, क्षमता र विज्ञता भएका नेपाली नागरिक प्रशस्तै रहेको भन्दै उनले राजदूत नियुक्ति तत्काल गर्न सरकारसँग माग गरे।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको उल्लेख गर्दै न्यौपानेले अमेरिकामा समेत नेपालको राजदूत नरहेको विषय उठाए। उनले रिक्त राजदूत पदमा अविलम्ब नियुक्ति गर्न सरकारसँग आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend