logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बालेन–रविको राजनीतिक उदयबारे सरकारसँग जवाफ माग


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं ।  नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाको भूमिका रहेको भन्ने समाचारबारे सरकारसँग जवाफ माग गरेका छन्।



बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले ‘द ग्रेजोन’ मा प्रकाशित रिपोर्टले उठाएका विषयबारे सरकार र नाम जोडिएका नेताले स्पष्ट पार्नुपर्ने बताए। उक्त रिपोर्टमा अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रमसँग बालेन्द्र शाह, रवि लामिछानेलगायतका नेताहरूको सम्बन्ध रहेको दाबी गरिएको छ।

पोखरेलले भदौ २३ र २४ का घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विषयसमेत गम्भीर रहेकाले सरकारले यसबारे जवाफ दिनुपर्ने माग गरे। उनले प्रश्नबाट कोही पनि भाग्न नहुने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend