logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेसले पाँच जिल्ला सभापतिलाई लेबी बुझाउन पत्र पठायो, असोज २ सम्मको समय


  • जन आकाश
  • शुक्रबार, असोज २ २०८३

काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी खोसिएका सहित पाँच जिल्लाका सभापतिलाई क्रियाशील सदस्यताको लेबी बुझाउन पत्र पठाएको छ।



कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ गते बागलुङका सभापति जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाहीलाई पत्र पठाउँदै लेबी बुझाउन निर्देशन दिएका हुन्।

पत्रमा १५औँ महाधिवेशनको प्रयोजनका लागि वडा तह हुँदै जिल्लामा संकलन भएको क्रियाशील सदस्यताको रकम हालसम्म केन्द्रमा दाखिला नभएको उल्लेख छ। कांग्रेसले उक्त रकम असोज २ गते दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न निर्देशन दिएको छ।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। महाधिवेशनमा सहभागी नभएको भन्दै कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको जनाइएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ। देउवा पक्षमा उभिएपछि चार जिल्ला सभापतिको जिम्मेवारी खोसिएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend