जन आकाश
काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेशसभा सदस्य कर्णबहादुर मल्लले जिल्ला अधिवेशनप्रति असहमति जनाउँदै बहिष्कारको घोषणा गरेका छन्।
मल्लले जारी गरेको विज्ञप्तिमा पार्टीको विधि र प्रक्रिया मिचेर एकलौटी रूपमा अधिवेशन अघि बढाइएको आरोप लगाउँदै यसलाई धाँधलीपूर्ण र अवैध भनेका छन्। उनले पार्टी सत्ताको दुरुपयोग गरी जिल्ला कब्जा गर्ने उद्देश्यले ‘कोठे अधिवेशन’ सुरु गरिएको आरोप लगाउँदै अधिवेशन प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन्।
मल्लले डडेल्धुराको विशिष्टतालाई ध्यानमा राख्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको सहभागितामा मात्र नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।
विधि र प्रक्रिया पूरा नगरी तथा आम सहभागिताबिना गरिने अधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पार्दै उनले प्रक्रिया नरोकिए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पार्टीको सिंगो नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन्।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend