logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

संविधानले कर्णालीलाई अधिकारसम्पन्न बनाएको छ : मुख्यमन्त्री शाही


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संविधानले भौगोलिक रूपमा विकट भए पनि सम्भावनाले भरिपूर्ण कर्णालीलाई अधिकारसम्पन्न बनाएको बताएका छन्।



संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले संविधानले जनतालाई राज्यशक्तिको स्रोतका रूपमा स्थापित गर्दै सार्वभौमसत्ता र सम्प्रभुता जनतामा निहित गराएको बताए।

उनले सदियौँदेखि कायम विभेद, उत्पीडन र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने काम संविधानले गरेको उल्लेख गरे।

राजनीतिक अधिकार प्राप्तिको चरण पूरा भइसकेकाले अब सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु मुख्य लक्ष्य रहेको उनको भनाइ छ।

मुख्यमन्त्री शाहीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को संकल्प पूरा गर्न प्रदेश सरकार निरन्तर क्रियाशील रहेको बताए। साधन–स्रोतको सदुपयोग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्दै संविधानले सुनिश्चित गरेका मौलिक अधिकार नागरिकको घरदैलोसम्म पुर्‍याउन सरकार प्रतिबद्ध रहेको उनले बताए।

संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र प्रदेशवासीलाई एकजुट भएर अघि बढ्न उनले आह्वानसमेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend