logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एमाले कार्यदलको निष्कर्ष : ओलीको राजीनामा माग्ने विषय प्रतिवेदनमा नराखिने


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति गरेको बताएका छन्।



आइतबार कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कार्यदलले तयार पार्ने एकीकृत प्रतिवेदनमा ओलीलाई नेतृत्वबाट हटाउने वा उनको राजीनामा माग्ने विषय समावेश नगर्ने सहमति भएको बताए।

उनका अनुसार कार्यदलमा विभिन्न सदस्यबाट पेस भएका मस्यौदा प्रस्तावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन जना नेतालाई दिइएको छ।

बस्नेतले प्रतिवेदनमा अध्यक्ष ओलीको राजीनामा माग्ने, उनलाई नेतृत्वबाट हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय नराख्ने सहमति भएको दाबी गरे।

उनले पार्टीभित्र देखिएको मतभेद र विभाजनको सम्भावनालाई ध्यानमा राख्दै एकता कायम गरेर अघि बढ्ने विषयलाई प्राथमिकता दिइएको बताए।

‘पार्टी फुटोस् भनेर कतिपय सदस्यले चाहेको परिस्थिति पनि छ। यी तमाम परिस्थितिलाई ध्यान दिएर कार्यदलको बैठकपछि तीन जना नेताहरूलाई आएका सबै मस्यौदा प्रस्ताव समेटेर एकीकृत प्रतिवेदन ल्याउने जिम्मेवारी दिएका थियौँ,’ बस्नेतले भने।

कार्यदलले विभिन्न सदस्यबाट प्राप्त सुझाव तथा प्रस्तावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरी पार्टीमा पेस गर्ने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend