logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्री आज महासभामा जादै, संयुक्त फोटो सेशनमा भाग नलिने संकेत


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

मोहन कार्की । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) संयुुक्त राष्ट्रसंघले आयोजना गरेको महासभामा भाग लिन त्यसतर्फ आज प्रस्थान गर्दैछन् । नेपाल सररकारको नेतृत्व गरेको छ महिनापछि देशको कार्यकारी प्रमुखको हैशियसतमा पहिलो पटक राजकीय अन्तराष्ट्रिय भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री भए लगतै भारत भ्रमणको निम्ता पाएपनि फोटो खिच्न र टाईम पास गर्नका लागि नभई नेपाल–भारत बीचमा रहेको समस्या सावधान गर्न परिणाममुखी काम हुने भएमात्र भ्रमणको सार्थकता हुने भनेर सञ्चारमाध्यममा समाचार आएको हुनाले रास्वपा पार्टीमा स्टन्ड वा ड्रामा गर्नेहरुको पार्टी भनेर आरोप लाग्दै आएको चलनलाई प्रधानमन्त्री बालेन्द्र शाहले काम गर्ने रिजल्टमा विश्वास गर्नेहरुको पार्टी रास्वपा भनेर प्रमाणित गरिदिएका थिए । त्यसपछि कुटनीतिक रुपमा पार्टी सभापति रवि लामिछाने भारत भ्रमणम गएर छिमेकी राष्ट्रसँग कुटनैतिक समस्या आउन नदिन सकारात्मक भूमिका निर्वाह गरेका थिए । त्यसको लगतै नेपालमा भोटेकोशीमा आएको बाढी, पैरो लगायतका समस्यासँग जुद्धन परेको नेपालले यहि गएको विहिवार डा. अर्थमन्त्री स्वर्णिम वाग्ले भारतको निमन्त्रणमा नेपालको अर्थमन्त्रीको नेतृत्व गर्दै राजकीय भ्रमण सकेर आइतवार अर्थात भदौ ४ गते नेपाल फर्केका छन् ।



सरकारको नेतृत्व गरेको ६ महिनमा सरकारले १३ वटा देशमा कुटनैतिक रुपमा राजदुुतहरुको लागि परिक्षा नै लिएर योग्ताको आधारमा नियुक्त गरी सकारात्मक सन्देश दिएको छ । यसरी नेपालमा देखिएका विगतका सरकारमा रहेका पार्टीहरुले पार्टीमुखी तरिकाले आफुखुशी मनोमानी ढंगवाट कुटनैतिक राजदुत नियुक्त गर्ने चलनलाई अन्त्य गरिदिएको छ । नेपालमा थुप्रै खालका ऐन, नियमहरु देश र जनताको हितमा नभएका बाधाहरुलाई फुकाउन अध्यादेश ल्याएर भएपनि देशको विकास निर्माण नागरिकको सेवा छिटो छरितो तरिकाले गर्दै आएको सरकारले छोटो समयमा सकारात्मक संकेतहरु गरेको छ । अनुुभवमा कमी भएपनि नियतमा सफा भएको तरिकाले काम अगाडी बढाएका प्रधानमन्त्री यो भन्दा अगाडी काठमाडौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रवाट निर्वाति भई महानगरपालिकामा गरेको उत्कृष्ट कार्यसम्पादन पछि नेपालीहरुको आस्था, भरोसा र विश्वास अत्यधिक लोकप्रीयता कमाएक थिए । त्यसपछि नेपालीरुको धेरैजति समर्थनमा रास्वपा पार्टीको झापावाट २०८२ सालको प्रतिनिधिसभाको निर्वाचनमा अत्याधिक जनताको मतवाट निर्वाचित भई नेपालको प्रधानमन्त्री बनेका बालेन यतिवेला नेपालको प्रतिनिधित्व गर्दै विश्वको प्रमुख शक्तिशाली राष्ट्र अमेरिका हुने महासभामा नेपाल देशको तर्फवाट प्रतिनिधित्व गर्नेछन् ।

उक्त सभामा नेपालले भोग्नुुपरेको जलवायुु परिवर्तनको असर लगायत विषयमा नेपालीहरुले विश्वका शक्तिशाली राष्ट्रहरुले गरेका कार्बन उत्सर्जन त्यसवाट नेपाल जस्ता प्राकृतिक सम्पन्न राष्ट्रमा जंगल मात्र ४४.६ प्रतिशत भएको नेपालमा न्यून ० प्रतिशतमा रहेको देशले पटक पटक अन्य राष्ट्रले गरेका कार्बन उत्सर्जनको दण्ड नेपालले प्राकृतिक प्रकोपमार्फत भोग्नु परको जनधनको क्षतिको वारेमा विश्व समुदायलाई जानकारी गराउने गरी सम्बोधन गर्ने तयारी रहेको संकेत छ ।
संयुक्त राष्ट्रसंघको औपचारिक कार्यक्रम वाहेकमा सहभागी नहुने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुुटरेससँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपालका अन्य प्रधानमन्त्रीहरु अमेरिकाका राष्ट्रपतिले वा अन्य देशका राष्ट्रप्रमुखसँग भेट्ने गर्दथे । तर यतिवेलाका प्रधानमन्त्री बालेन शाह अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रपले आयोजना गरेको जलपानमा सहभागी भएर संयुुक्त फोटो खिच्ने कार्यक्रममा सहभागी नहुने सकेत पाइएको छ । त्यसकारण फोटो खिच्न मात्र भारत नजाने अडान राखेका प्रधानमन्त्रीले अमेरिका जस्तो शक्तिशाली राष्ट्रसँगको भेटमा पनि काम वाहेक अन्य समय नदिने संकेत गर्नु भनेको नेपालीहरुको प्रतिनिधित्व गरेका प्रधानमन्त्रीले देखाएको यो समयप्रतिको महत्व आउदा नेपाली पुस्ताका लागि उदाहरण बन्न सक्छ । जतिनै दुखः पीडा भएपनि नेपालीहरु जहिले पनि स्वाभिमानका साथ विश्वमा उभिन सक्छन भन्ने उदाहरण पुुनः प्रधानमन्त्री बालेन शाहले उजागर गर्ने संकेत देखिएको छ । उनले महासभामा नेपालको तर्फवाट महत्वपूर्ण विषयहरु राख्ने प्रधानमन्त्री सचिवालयको दावी छ ।

आजकाे  जनआकाश साप्ताहिकमा प्रकाति मूख्य समाचार छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend