logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीको राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। सोमबारदेखि सुरु भएको बैठक मंगलबार पनि बसिरहेको हो।



सोमबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम छ।

बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई मोबाइल बैठक हलमा नल्याउन तथा प्रयोग नगर्न आग्रह गरेका छन्। बैठक हलभित्र अडियो तथा भिडियो रेकर्ड गर्नसमेत रोक लगाइएको छ।

अध्यक्ष ओलीले बैठकको गोपनीयता कायम राख्न मोबाइल बाहिरै राख्न र बैठकका क्रममा प्रयोग नगर्न आग्रह गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend