logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सुत्केरी महिलालाई ६ महिनासम्म तलबसहित प्रसूति बिदाको प्रस्ताव, संशोधन विधेयक दर्ता


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ।



स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले उक्त संशोधन विधेयक आज प्रतिनिधिसभामा दर्ता गरेकी हुन्।

विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि कम्तीमा ६ महिनासम्म पारिश्रमिकसहितको प्रसूति बिदा पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी हुने अवस्थामा सम्बन्धित कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहित ४२ दिनसम्मको प्रसूति स्याहार बिदा पाउने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend