logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका विदेशमन्त्री सिकोरस्कीबीच भेटवार्ता


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन्।



संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटमा दुवै पक्षले नेपाल र पोल्यान्डबीच बढ्दै गएको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

त्यसैगरी, संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend