जन आकाश
काठमाडौं । एभरेस्ट बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नै नयाँ भवनसमेत निर्माण गरी उद्घाटन गरेको हो।
नयाँ भवनबाट बैंकको सुदूरपश्चिम प्रदेश प्रादेशिक कार्यालयसमेत सञ्चालन हुने भएको छ। यससँगै प्रादेशिक कार्यालयलाई हालको स्थानबाट नयाँ भवनमा स्थानान्तरण गरी सम्पूर्ण सेवा त्यहीँबाट प्रदान गरिने बैंकले जनाएको छ।
धनगढी उद्योग वाणिज्य संघका पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेस्ट बैंकका शाखाको संख्या १५ पुगेको छ।
धनगढीमा आफ्नै भवनबाट शाखा सञ्चालन भएपछि स्थानीय क्षेत्रको बैंकिङ पहुँच विस्तारसँगै आर्थिक गतिविधि बढ्ने र समग्र क्षेत्रको आर्थिक विकासमा थप योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend