जन आकाश
मोहन कार्की । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन ५ नामाडीमा स्थापित कमलादेवी माविको आयोजनामा यहि मिति २०८३ साल असोज ५ गते हाजिरी जवाफ सहित बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा बहादुर खड्काको सभापतित्वमा सोही गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख अतिथ्य, नामाडाीका वडा अध्यक्ष दीपक कार्की विशेष अतिथि, विद्यालका प्रअ रविराज खड्का अतिथि रहेको कार्यक्रममा वडास्तरका मावि तथा आधारभूत विद्यालय सहभाागी थिए । १७५ जना अभिभावको उपस्थितिमा भएको कार्यक्रममा कक्षा ५ सम्मका विद्यार्थीहरुले हाजिरी जवाफ प्रतियिोगितामा भाग लिएका थिए ।
कक्षा ८ सम्मका विद्यार्थीहरुले बक्तित्वकलामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका सहभागी हुने विद्यालयहरु कमलादेवी मावि, भानुभक्त आधारभूत, कालिकादेवी आधारभूत, शिवलय आधारभूत, रहेका थिए । प्रतियोगितामा प्रथम स्थान कमलादेवी मावि भएको थियो, दोस्रो स्थान शिवलय आधारभूतले कब्जा जमायो भने कालिका आधारभूले तेस्रो स्थानमा चिक्त बुझाएको थियो । सोही अवसर पारेर सामाजिक परिक्षण समितिको प्रतिवेदन सार्वजनिक गरिएको थियो । सामाजिक परिक्षण समितिको प्रतिवेदन सोही समितिका सदस्य सचिव खडक बहादुर खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न गराउन कमला माविका शिक्षक लक्ष्मण प्रसाद आचार्यले सहजीकरण गरेका थिए । प्रतियोगितामा भाग लिएका प्रथम, दीतृय, तृतीय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि, अतिथिको हातवाट प्रमाणपत्र तथा पुरुस्कार वितरण गरिएको कमलादेवाी माविका प्रअ रविराज खड्काले जानकारी दिएका हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend