logo मंगलबार, असोज ६ २०८३ | Tuesday 22nd September 2026

अध्यक्ष ओलीको प्रतिवेदनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले जनाए सहमति


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं ।  नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनको समर्थन गरेका छन्।



बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीको प्रतिवेदनको ‘स्पिरिट’ सही रहेको बताएका छन्। प्रतिवेदनमा उल्लेख गरिएका १५ वटा योजनाअनुसार पार्टी अघि बढ्नुपर्ने धारणा राख्दै उनले प्रतिवेदनलाई समर्थन गर्ने बताएका हुन्।

महासचिव पोखरेलले पनि अध्यक्ष ओलीको प्रतिवेदनमा समर्थन जनाउँदै त्यसमा अब विमति गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

उनले अध्यक्ष ओलीले आवश्यक विषयलाई ‘रियलाइजेसन’ गरेको भन्दै प्रतिवेदनलाई संश्लेषण गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

बैठकमा पोखरेलले आफू अध्यक्ष बन्न खोजेको वा ओलीलाई अध्यक्षबाट हटाउन खोजेको भन्ने व्याख्या गलत भएको स्पष्टीकरणसमेत दिएको बैठकमा सहभागी एक नेताले बताएका छन्।

उनले अध्यक्षको प्रतिवेदन सही र सही ‘स्पिरिट’मा रहेको भन्दै त्यसलाई मिलाएर पार्टी अघि बढाउनुपर्ने बताएका छन्। यस विषयमा छलफलका लागि भोलि सचिवालय बैठक बस्ने र त्यसपछि पुनः केन्द्रीय कमिटी बैठक राख्ने तयारी रहेको उनले जानकारी गराएका छन्।

ललितपुरको भनिमण्डलमा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend