logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना


  • जन आकाश
  • शनिबार, असोज १० २०८३

काठमाडौं । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।



त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको थियो। भेटमा पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ। नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या १८८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend