जन आकाश
काठमाडौं । नेपाल र रुवान्डाबीच ‘जेनेरल को–अपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र रुवान्डाका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री ओलिभियर जाँ प्याट्रिक न्दुहुन्गिरेहेले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताले नेपाल र रुवान्डाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
नेपाल र रुवान्डाबीच सन् २०१८ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुवै देशले संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन्।
सम्झौतासँगै नेपाल–रुवान्डा सम्बन्धलाई थप संस्थागत गर्दै आपसी सहयोगका नयाँ क्षेत्र पहिचान र विस्तार गर्ने अवसर सिर्जना भएको बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend