logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध


  • जन आकाश
  • आइतबार, असोज ११ २०८३

काठमाडौं । धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका(७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका(१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ ।



बेनीघाट रोराङ गाउँपालिका(७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ । उनले भनेका छन्, ‘नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ । लेदोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा बन्द छ । गाडी चलाउन सक्ने अवस्था छैन ।’

प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि स(साना पहिरो खसेको र ती ठाउँहरूमा सडक एकतर्फी सञ्चालनमा रहेको डीएसपी प्रकाश दाहालले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend