जन आकाश
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई यहि मिति २०८३ असोज ११ गते स्वदेश फर्किएका छन् ।
यहि असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए । नेपालको प्रतिनिधित्व गर्दै शाहले नेपालले जलवायु परिवर्तन सम्बन्धि भोग्नु परेका समस्या र विश्वमा बढ्दै गएको अशान्ति र मानवले पाउनुपर्ने आधारभूत सामग्री चै महिनौ पछाडी आउने तर मानव विरुद्ध प्रयोग हुने हत्तियार चै २४ घण्टामा पुग्ने भन्दै विश्वका मानव जातिको पक्षमा आवाज उठाएका थिए । त्यति मात्र होइन विश्वमा अशान्ति फैलिएर मानवहरुको नै संकट आउन सक्ने आकलन गर्दै विश्वका युद्ध गरिरहेका र युद्धको तयारी गर्ने राष्ट्रहरुलाई इग्गित गर्दै नेपालका सनातनी पशुुपति नाथ र गौतम बुद्धको दर्शनलाई मानेर युुद्ध रोक्न कुटनैतिक रुपमा दवाव दिएका छन् । नेपालको तर्फवाट उनले भनेका छन् । हिमालको टाढाको देशवाट तपाईहरुको नजिकै विश्व जलवायुु परिवर्तनको कारणले भोटेकोशीमा आएको बाढीवाट त्यहा भएका बाढीका पीडितहरुको आवाज सुनाउन म याहा उपस्थित छु । भनेर विश्व वातावरणको लागि समेत एउटा सन्देश दिएर नेपालले विश्वमा एउटा प्रस्ताव उजागर गर्नेगरी आवाज उठाएका छन् ।
अमेरिकाको राजधानी न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित कार्यक्रममा ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका प्रधानमन्त्रीलाई अर्थमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ लगायत मन्त्रीहरु, उच्च पदस्थ पदाधिकारीहरुले स्वदेश फिर्ता हुदा स्वागत गरेका थिए ।
नेपालको तर्फवाट प्रतिनिधित्व गरी राष्ट्रसंघमा ओजपूर्ण सम्बोधन गरी मानवताका लागि नेपालको तर्फवाट विश्वसामु राखेको प्रस्तावको सवै नेपालीले स्वागत गर्दै प्रधानमन्त्रीको वाहावाही भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend