जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले हिमाल आइरन एन्ड स्टिलका सयौँ श्रमिकले नौ महिनादेखि करिब साढे दुई करोड रुपैयाँ पारिश्रमिक नपाएको विषय संसद्मा उठाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दसैंअघि श्रमिकको तलब भुक्तानीका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
संकटग्रस्त उद्योगलाई पुनः सञ्चालनमा ल्याउन विशेष आर्थिक नीति ल्याउनुपर्ने भन्दै सांसद पन्तले सरकारसँग आग्रह गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend