जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ।
समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका पदाधिकारी, निर्वाचित प्रतिनिधि तथा क्रियाशील सदस्यसम्म सबैलाई पार्टीको हितविपरीत हुने गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।
निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि केही व्यक्ति कांग्रेसकै नाममा पार्टीविरोधी गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएको भन्दै समितिले त्यस्ता गतिविधिमाथि गम्भीर निगरानी गरिरहेको जनाएको छ।
धमलाले पार्टीको मर्यादा र नीतिविपरीत गतिविधि नगर्न आग्रह गर्दै त्यसविपरीतका गतिविधि जारी रहे तत्काल आवश्यक कडा कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend