logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।



शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरे। कांग्रेसलाई जनतासँग जोड्ने र पार्टी निर्माणसँगै देश निर्माणको अभियानमा अघि बढ्ने आफ्नो उद्देश्य रहेको उनले बताए।

बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको शर्माको भनाइ छ।

उनले दूरदराजका नागरिकसँग कांग्रेसलाई जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend