logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

ललितपुरमा कम्प्युटिङ, विज्ञान तथा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ललितपुरमा सुरु भएको छ।



नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)को आयोजनामा ग्वार्कोस्थित रोयल टुलिपमा सुरु भएको सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, अमेरिका, फ्रान्स, अस्ट्रेलिया र मलेसियाका अनुसन्धानकर्ता सहभागी छन्।

सम्मेलनका लागि प्राप्त ९७ अनुसन्धानपत्रमध्ये ४६ वटा छनोट भएका छन्। छनोट भएका अनुसन्धानपत्र सहकर्मी समीक्षा हुने जर्नलमा प्रकाशित गरिने आयोजकले जनाएको छ।

सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा. डा. जनार्दन लामिछाने, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल र भारतको सरला बिरला विश्वविद्यालयका प्रा. डा. विजय कुमार सिंहले संयुक्त रूपमा गरेका थिए।

सम्मेलनमा कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका क्षेत्रमा भएका अनुसन्धान, नवीनतम उपलब्धि र आगामी सम्भावनाबारे अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तिहरूबीच छलफल र ज्ञान आदानप्रदान हुने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend