logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर होटलका सेवामा २० प्रतिशतसम्म छुट


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । कुमारी बैंक र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डम होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।



सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटलका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। होटलका विभिन्न सेवा सुविधा प्रयोग गर्दा ग्राहकलाई किस्ताबन्दी (ईएमआई) सुविधा पनि उपलब्ध गराइनेछ।

त्यस्तै, वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक पाउनेछन्। पारिवारिक जमघट तथा कार्यक्रमका लागि केक र कर्केज शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ।

रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क पाउने सुविधा पनि पाउनेछन्। साथै, ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend