जन आकाश
काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको उर्लाबारीमा १५० जना सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ।
उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले ज्याकेट वितरण गरेको हो।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको उपस्थितिमा सिटी सफारी चालकहरूलाई ज्याकेट हस्तान्तरण गरेका थिए।
दैनिक रूपमा यात्रु ओसारपसार गर्ने सफारी चालकको सुरक्षा र सहज पहिचानलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने अवस्थामा भिजिबिलिटी ज्याकेटले चालकलाई स्पष्ट रूपमा देखिन सहयोग गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
कामना सेवा विकास बैंकले सडक सुरक्षा, वित्तीय साक्षरता, डिजिटल सचेतना, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि समुदायलाई सुरक्षित, समावेशी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend