logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।



पारित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ।

समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको सञ्चालन मुनाफा भने ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकप्रति सेयरधनीहरूले देखाएको विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend