logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्डमा १७.५ प्रतिशतसम्म छुट


  • जन आकाश
  • आइतबार, असोज १८ २०८३

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बालकुमारीस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेको छ।



सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त व्यायामशालाका विभिन्न सेवामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबमा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बा र योगालगायतका सेवाहरू उपलब्ध छन्। साथै, वर्कआउटपछि आरामका लागि साउना सुविधासमेत रहेको छ।

छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्था तथा व्यवसायसँग सहकार्य गर्दै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend