जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्। भारतका भाजपा अध्यक्ष नितिन नवीन र इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले महाधिवेशन सफलताको शुभकामना दिएका हुन्।
यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान र बेलायतको लेबर पार्टीलगायतले पनि शुभकामना दिएका छन्।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको कांग्रेसको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend