जन आकाश
काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै राईले लोकतन्त्र स्थापनामा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताको पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend