जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका चौधरीले आफूनिकट नेताहरूसँग उपसभापति पदमा उम्मेदवारी दिने तयारीबारे जानकारी गराएका छन्।
कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति रहने प्रस्ताव छ। चौधरीले भने औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुअघि केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने र त्यसपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend