logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस महाधिवेशनमा उम्मेदवारको प्रचार शैली अलि फरक


  • जन आकाश
  • बुधबार, असोज २१ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज पनि जारी छ। अहिले उम्मेदवारहरूको दाबी–विरोधको प्रक्रिया चलिरहेको छ भने बन्दसत्रको तयारीसमेत भइरहेको छ।



आजको बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गर्दै निर्वाचन प्रक्रियाका बाँकी काम अघि बढाउने तयारी छ। निर्वाचन समितिका अनुसार भोलि मतदान हुने कार्यतालिका रहेको छ।

महाधिवेशनमा उम्मेदवार तथा प्रतिनिधिहरूले आ–आफ्नै शैलीमा प्रचारप्रसार गर्दै मत मागिरहेका छन्। कतिपयले रोबोट प्रयोग गरेका छन् भने कतिपयले मुकुन्डो र चिम्पाञ्जीको पुत्लासमेत प्रयोग गरेर प्रचार गरिरहेका छन्।

महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी चयन हुनेछन्। यद्यपि विधानअनुसार चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था रहेकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।

निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। विधानअनुसार महिला र खुलातर्फ उपसभापति चयन हुने व्यवस्था छ। महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend