logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस महाधिवेशन : ज्येष्ठ मतदाताबाट मतदान सुरु गरिने


  • जन आकाश
  • बिहिबार, असोज २२ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ।



निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान ज्येष्ठ मतदाताबाट सुरु गरिनेछ।

यसअघि बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान समय तीन घण्टा पछाडि सारिएको हो।

ज्येष्ठ मतदाता को हुने भन्ने यकिन भइनसकेको र निर्वाचन समितिले त्यसको टुंगो लगाउने काम गरिरहेको कटुवालले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend