logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

युवा उद्यमी राज कार्कीलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ प्रदान


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । व्यापार तथा उद्योग क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवा उद्यमी राज कार्कीलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ प्रदान गरिएको छ। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा कार्कीलाई उक्त सम्मान प्रदान गरिएको हो।



कार्यक्रम ‘इन्टरनेसनल आइकन अवार्ड’को तेस्रो संस्करणका रूपमा आयोजना गरिएको थियो। विभिन्न देश तथा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सहभागिता रहेको समारोहमा कार्कीलाई नेपालको तर्फबाट व्यापार तथा उद्योग क्षेत्रको प्रतिनिधित्व गर्दै सम्मानित गरिएको हो।

व्यवसाय तथा उद्योग क्षेत्रमा नवीन सोच, निरन्तर मेहनत र व्यावसायिक नैतिकतालाई प्राथमिकता दिँदै आएका कार्कीले आफ्नो उद्यमशील यात्रामार्फत पहिचान बनाउँदै आएका छन्। उनको व्यावसायिक सक्रियता र नेतृत्वले युवाहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ अघि बढ्न प्रेरित गरेको आयोजक पक्षले जनाएको छ।

राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा पूर्वमन्त्री तथा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पूर्वसांसद विनोद पहाडी, राष्ट्रिय सभाका विशिष्ट व्यक्तित्वहरू तथा चर्चित स्रष्टा एवं अन्तर्राष्ट्रिय इभेन्ट निर्देशक भारत समारीलगायतको उपस्थिति थियो।

अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका व्यक्तित्वहरूको उपस्थितिमा सम्मान प्राप्त गर्न पाउँदा आफूलाई गर्व लागेको राज कार्कीले बताएका छन्। उनका अनुसार, यस सम्मानले नेपाल तथा विदेशमा रहेका नेपाली युवालाई उद्यमशीलतामा लाग्न थप प्रेरणा दिनेछ। साथै, आफ्नो व्यावसायिक यात्रालाई अझ लगनशीलताका साथ अगाडि बढाउन पनि यसले हौसला प्रदान गरेको उनले बताएका छन्।

कार्कीले आगामी दिनमा व्यापार तथा उद्योग क्षेत्रको दायरा विस्तार गर्दै समाज र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। उनको यो सम्मानले नेपाली युवामाझ उद्यमशीलता र व्यावसायिक क्षेत्रमा सक्रिय हुने प्रेरणा थप्ने विश्वास लिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend