logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस महाधिवेशनको मतदान जारी, सभागृह र खुलामञ्च आसपास सवारी जाम


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान जारी रहँदा आसपासका सडकमा सवारी जाम बढेको छ। आज बिहान पौने ९ बजेदेखि सुरु भएको मतदानमा विभिन्न प्रदेश तथा समूहका महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।



खुलामञ्चमा कोशी प्रदेश र तराई–मधेस क्षेत्रका प्रतिनिधिका लागि मतदान केन्द्र व्यवस्था गरिएको छ। त्यस्तै, खुलामञ्चस्थित हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन् भने मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था मिलाइएको छ।

यसैगरी, खुलामञ्चमा बनाइएको पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा भने अन्य समूह तथा केन्द्रीय प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था गरिएको छ।विभिन्न स्थानमा मतदान केन्द्र सञ्चालन गरिएकाले राष्ट्रिय सभागृह, खुलामञ्च र आसपासका सडक क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend