जन आकाश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
बैठकले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन र आगामी कार्ययोजनाबारे निर्णय गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।
स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारीमा रहेको नेकपाले यसअघि घोषणा गरेको दुईमहिने अभियान सञ्चालनबारे पनि बैठकबाट निर्णय लिने जनाएको छ।
त्यस्तै, बैठकमा नेता झलनाथ खनालले सुरु गरेको समाजवादी जागरण अभियानका विषयमा समेत छलफल हुने बताइएको छ। यद्यपि, खनाल भने बैठकमा सहभागी भएका छैनन्।
पार्टी बैठकमा निरन्तर फरक मत राख्दै आएका खनालले यसअघि पार्टीबाट कारबाहीमा परेका नेताहरूसँग मिलेर छुट्टै अभियान घोषणा गरेका थिए। यस विषयले पनि पार्टीभित्र राजनीतिक चर्चा बढाएको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend