जन आकाश
काठमाडौं । नेकपा एमालेका १३ मनोनीत केन्द्रीय कमिटी सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम हुनेछ।
एमाले स्थायी कमिटीको बैठकले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो। यसअघि पार्टीले समायोजनसहित २८ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो।
पार्टीको महाधिवेशनबाट २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको थियो। पछिल्लो मनोनयनसँगै एमालेको केन्द्रीय कमिटीमा निर्वाचित तथा मनोनीत सदस्यको संख्या बढेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend