logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित


  • जन आकाश
  • मंगलबार, असोज २७ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्। कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले सहमहामन्त्री पदमा निर्वाचित हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा स्थान बनाएका हुन्।



सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) का लागि शाहीसहित जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट प्रतिस्पर्धामा थिए।

यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि शाही सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) का उम्मेदवार बनेका थिए। तर, त्यसबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए। यसपटक भने शाही सहमहामन्त्री पदमा निर्वाचित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend