जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारी भएको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढाइएको हो।
यद्यपि भ्रमणको मिति र विस्तृत कार्यसूचीबारे नेपाल तथा भारत सरकारले औपचारिक घोषणा गर्न बाँकी छ। यसअघि भारतीय सञ्चारमाध्यम ‘आजतक’ले प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ सम्म हुन सक्ने समाचार प्रकाशित गरेको थियो। उक्त भ्रमणमा दुई देशबीच रेल तथा यातायात सम्पर्क विस्तार, ऊर्जा, व्यापार, पूर्वाधार विकास र बाढीपछिको पुनर्निर्माणका विषयले प्राथमिकता पाउन सक्ने जनाइएको छ।
विशेषगरी रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग र जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनसम्बन्धी विषयमा थप प्रगति हुन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ऊर्जा क्षेत्रअन्तर्गत ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् आयोजना पनि द्विपक्षीय छलफलका महत्त्वपूर्ण विषय बन्न सक्ने बताइएको छ। दुवै आयोजनाको विकासमा भारतको सरकारी कम्पनी एनएचपीसी संलग्न छ।
त्यसैगरी, दोधारा–चाँदनी एकीकृत जाँच चौकी, महाकाली नदीमा मोटरेबल पुल निर्माण तथा भैरहवा एकीकृत जाँच चौकीलगायत सीमा पूर्वाधारका विषय पनि सम्भावित कार्यसूचीमा रहेको समाचारमा उल्लेख छ। भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतीय सहयोगको विशेष प्याकेजबारे समेत छलफल हुन सक्ने जनाइएको छ। तर, यी परियोजनामा सम्झौता हुने वा सहयोग घोषणा गरिने विषयमा अहिलेसम्म औपचारिक पुष्टि भएको छैन।
प्रधानमन्त्री शाहलाई भारतले गत जुलाईमै औपचारिक भ्रमणको निमन्त्रणा दिएको थियो। त्यसपछि दुवै देशबीच भ्रमणको मिति र कार्यसूचीबारे छलफल हुँदै आएको सरकारी स्रोतले जनाएको छ। गत असोज २३ गते परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि गृहकार्य भइरहेको तर मिति निश्चित भइनसकेको जानकारी दिएको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल र भारत दुवैलाई अनुकूल हुने समयमा भ्रमण हुने बताएका थिए।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा आर्थिक सहकार्य, ऊर्जा तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका भ्रमण गरेका थिए। त्यसैले प्रस्तावित भारत भ्रमण प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश यात्रा नभए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता तथा सम्भावित द्विपक्षीय सम्झौताबारे भने दुवै सरकारबाट औपचारिक
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend