logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङ विजयी, ३ हजार २४५ मत प्राप्त


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) तर्फ बहादुर सिंह लामा तामाङ विजयी भएका छन्। एक पदका लागि भएको निर्वाचनमा उनले ३ हजार २४५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। निर्वाचनको मतपरिणाम आज बिहान सार्वजनिक भएको हो। उक्त पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा थिए। प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गर्दा तारामान गुरुङले ८६३ मत पाएका छन्। त्यस्तै, दिलमान पाख्रीनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।



मतगणना सुरु भएदेखि नै अग्रता कायम राखेका लामाले अन्ततः सहमहामन्त्री पदमा विजय हासिल गरेका हुन्। लामा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्। हाल उनी नुवाकोटबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend