logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विपद् राहतका लागि सरकारी कोषमा १७ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी मौज्दात


  • जन आकाश
  • बुधबार, असोज २८ २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् व्यवस्थापन तथा राहत कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषका विभिन्न खातामा गरी कुल १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ मौज्दात रहेको छ।



उपलब्ध विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ जम्मा भएको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खातामा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट कोषमा आर्थिक सहयोग प्राप्त भइरहेको छ।

सरकारी कोषमा उल्लेख्य रकम जम्मा भए पनि विपद् प्रभावित नागरिकसम्म राहत पुर्‍याउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने र प्रभावित परिवारको पुनर्स्थापना सुनिश्चित गर्ने कार्यमा यसको प्रभावकारी परिचालन महत्त्वपूर्ण हुने देखिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend